From To
मरुभूमि हरेक पल गगन चुम्ने सपना देख्छ रे,
आँधी सँग जुगलबन्दी गरेर , त्यो बादल हुन खोज्छ रे ,
तर हरेक तुफान पछि
जमिन मै ढलिरहेको पाउँदो हो आफैंलाई
पश्चातापको रापमा जल्दो हो सधैं,
उसलाई आकाश छुन नसक्नुको पश्चाताप गहिरो होला कि जमिन छोड्न नसक्नुको ???
पानी को आशा हराएपछि पत्थरबाटै भए पनि फूल उमार्ने कोसिस गर्छ रे,
तर फूलको घुम्टो ओढेर काडाॅले पो साम्राज्य बनायो रे ,
बिचरा, मरुभूमि
आफ्नो आकाश छुने सपनाको पखेटा, आफ्नै कोसिसको काँडाले चिथोरेर
अधुरै बनेको थाहा पाए कति टुट्दो हो?
अब त ऊ आफुलाई प्रयासहरूको चिहान देख्दो हो ।
सायद,
यिनै अधुरा प्रयासले उसलाई टुक्राएर रेत बनाएको होला ,
अब ऊ आफूलाई सम्हाल्नु कि त्यो अधुरो अनन्त आकाशलाई हेरिरहनु??
This is not written by me, I could never write something like this.